Follow us: Youtube Android App
Somersby Nepal
सकियो ‘पेपर प्रिन्ट’ लाइसेन्सको युग, देशभर ‘स्मार्ट’को आवेदन खुला
१ साउन २०७४


काठमाडौं । यातायात ब्यवस्था विभागले आज आइतबारदेखि देशभर नै स्मार्ट लाइसेन्सको आवेदन खुलाएको छ । देशभरका अधिकांश यातायात कार्यालयले स्मार्ट लाइसेन्सका लागि आवेदन खुलाएका छन् ।

केही कार्यालयहरुले अन्तिम तयारी गरिरहेकाले एक-दुई दिनमै तिनले पनि यो सेवा थाल्ने विभागले जनाएको छ । विभागका १४ वटै अञ्चल कार्यालयहरुले लाइसेन्सको आवेदन खुलाएका हुन् ।

अब पेपर प्रिन्ट प्रविधिको लाइसेन्सको वितरण रोक्ने घोषणा गर्दै देशभर नै स्मार्ट लाइसेन्सको वितरणको प्रक्रिया सुरु गरिएको विभागका प्रवक्ता डा. टोकराज पाण्डेले अनलाइनबरलाई बताए ।

‘अब पेपर प्रिन्ट लाइसेन्सको युग सकियो, अब सबै प्रयोजनमा स्मार्ट लाइसेन्स नै प्रयोग हुन्छ’ प्रवक्ता पाण्डेले भने,’ नयाँ लाइसेन्स र नवीकारण्को लागि अब देशभर नै स्मार्ट लाइसेन्स जारी हुन्छ...

Source