Follow us: Youtube Android App
Somersby Nepal
ड्राइभिङ स्कुलका ८ अवैध गाडी यातायात विभागको नियन्त्रणमा
२२ भदौ २०७४


काठमाडौं । यातायात व्यवस्था विभागले विभिन्न ड्राइभिङ स्कुलबाट मापदण्ड नपुर्‍याई चलाइएका ८ वटा सवारी नियन्त्रणमा लिएको छ । बिहीबार विभागका महानिर्देशक रुपनारायण भट्टराईसहितको विभागको अनुगमन टोलीले अवैधानिक तवरले चलाइएका गाडीहरु नियन्त्रणमा लिएको हो ।

धेरै ड्राइभिङ स्कुलले अनुमति नै नलिई सिकारुले चलाएको गाडी सडकमा ल्याएको पाइएको छ । त्यसैगरी सुरक्षाका लागि गाडीमा डुअल क्लज/ब्रेक लगायतका सिस्टम पनि नजोडेको पाइएपछि नियन्त्रण लिएको महानिर्देशक भट्टराईले अनलाइनखबरलाई जानकारी दिए ।

‘कतिपय गाडीको त कागजपत्र नै भेटिएनन् । धेरै ड्राइभिङ स्कुलका गाडी अवैध हुन्छन् भन्ने सूचनाका आधारमा पनि अनुगमन थालिएको हो’ भट्टराईले भने,’ड्राइभिङ सिकाउन गाडी सुरक्षित मात्रै भएर हुँदैन । सडकमा आउँदा विभिन्न नियम पनि मान्नुपर्छ । तर,त्यो पालना गरेको पाइएन...

Source