Follow us: Youtube Android App
Somersby Nepal
अस्ट्रेलियामा विद्यार्थी प्रवेशाज्ञा र त्यसपछिको जीवन: भ्रम र यथार्थ
२३ भदौ २०७४


१. पार्टटाइम काम गरेर ट्युसन फी तिर्न सकिन्छ

अस्ट्रेलियन परिभाषामा पार्टटाइम भनेको १५ दिनमा ४० घण्टा काम गर्नु हो र त्यति काम गरेर बाँकी ट्युसन फी तिर्न सकिदैन । दैनिक जीवनका लागि आवश्यक खर्च र ट्युसन फीको केही अंश भने जुटाउन सकिन्छ ।

त्यसैले फी कसरी तिर्ने भनेर विद्यार्थीसँग स्पष्ट योजना हुनु जरुरी छ । कोर्सको पूरा अवधिभरि कसरी फी तिर्ने र दैनिक जीवन चलाउने भनेर विद्यार्थी र अभिभावकले समयमै ठोस योजना बनाउनुपर्छ ।

उता गएपछि काम गरेर दैनिक खर्च अनि ट्युसन फी पनि जुटाउने आशामा उडेका विद्यार्थीहरूलाई भने दोस्रो वा तेस्रो सेमेस्टरमा पुगेपछि फी तिर्न धौधौ पर्छ...

Source