Follow us: Youtube Android App
Somersby Nepal
विद्यार्थीहरुले भने- आयल निगमका भ्रष्टाचारीलाई कारबाही गर
२५ भदौ २०७४


काठमाडौं । विद्यार्थी संगठनहरुले नेपाल आयल निगमको जग्गा खरिद प्रकरण र कर फर्छ्यौट आयोगबाट भएको अनियमिततामा संलग्नलाई कारबाही गर्न माग गरेका छन् ।

कांग्रेस, एमाले, माओवादी केन्द्र लगायतका दल सम्बद्ध विद्यार्थीहरुको आइतबार बसेको संयुक्त बैठकले सो माग गरेको अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले जानकारी दिए ।

विद्यार्थीहरुलाई लामो-छोटो र कच्ची-पक्की सबै सडकमा ४५ प्रतिशत छुट पूर्णरुपमा कार्यान्वयन गर्न पनि बैठकले माग गरेको छ । विद्यार्थीलाई छुट दिने सहमति यसअघि नै भए पनि पूर्णरुपमा कार्यान्वयन भएको छैन ।

बैठकले यातायातका साधनमा भाडा बढाउन खोजिएकाले त्यसलाई फिर्ता गर्न माग गरेको छ । सरकार र यातायात व्यवसायीबीच भाडा समायोजन गर्ने सहमति भएको छ । त्यसका लागि कार्यदलसमेत गठन गरिएको छ । यसलाई गाडी भाडा बढाउने तयारीको रुपमा लिइएको छ...

Source