Follow us: Youtube Android App
Somersby Nepal
लालसलाम गर्दै पूर्वडीआईजीले भने-आजबाट म एमालेको सिपाही
२० असोज २०७४


काठमाडौं । करीव ३० वर्षको प्रहरी जीवनमा सधैं जय नेपालको स्यालुट गरेका निवर्तमान डीआईजी नवराज सिलवाल शुक्रवार फरक भावभंगीमा प्रस्तुत भए । उनकै शब्दमा ‘युगपुरुष’ केपी शर्मा ओलीको हातबाट टीका लगाएर एमाले प्रवेश गरेपछि उनले भाषण टुङ्ग्याउँदै धन्यवाद भने । फेरि के सम्भिmए कुन्नि, माइक समातेर हात उठाउँदै भने-लाल सलाम ।

प्रहरीले भन्ने गरेको जय नेपाल शब्दलाई राजनीतिक दलहरुमा कांग्रेसले प्रयोग गर्छ । कांग्रेसबाट अन्यायमा परेको गुनासो गर्दै आएका पूर्वडीआईजी सिलवालले शुक्रवारबाट बिधिवत रुपमा जय नेपाल शब्द त्यागेर लाल सलाम अँगाले । उनले सम्झी सम्झी लालसलाम भनेपछि बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा ताली र सुसेलाको गडगडाहट सुनियो ।

पार्टी प्रवेशका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीकै गाडीमा कार्यक्रमस्थल पुगेका सिलवाललाई एमाले कार्यकर्ताले ओलीलाई भन्दा बढी ताली र हुटिङबाट स्वागत गरे । ललितपुर गोदावरीका स्थायी बासिन्दा सिलवाल पार्टी प्रवेश भने काठमाडौं जिल्ला कमिटीको ...........

Source