Follow us: Youtube Android App
Somersby Nepal
हुवावे पी १० प्लस भर्सेज वान प्लस ५
२२ असोज २०७४


स्मार्टफोनका प्रयोगकर्ताको संख्या दिनानुदिन बढ्दो क्रममा छ । यससँगै स्र्माटफोनको बजार पनि उकालो चढिरहेको छ । बजारमा आफूँलाई स्थापित गर्दै अब्बल रहन विभिन्न स्मार्टफोन विचको प्रतिस्पर्धा पनि बढ्दो छ । परिष्कृत र अत्याधुनिक स्मार्टफोन निमार्णको होडमा विभिन्न मोबाइल प्रयोगकर्ता कम्पनी लागेका छन । यसै होडमा आमने सामने भएका छन दुइ चिनियाँ स्मार्टफोन कम्पनी वान प्लस र हुवावे ।

संसारकै सबैभन्दा उत्कृष्ट मोबाइल मध्य तेस्रो नम्बरमा आफूलाई उभ्याउन सफल हुवावे एकातर्फ एकपछि अर्को परिष्कृत संस्करणको स्मार्टफोन निर्माण गर्ने काममा लागिरहेको अवस्थामा प्रिमियम स्मार्टफोन निमार्ण गर्दै आएको मोबाइल निर्माता कम्पनी वान प्लसले पनि उत्कृष्ट स्मार्टफोन निमार्ण गर्दै आफूलाई अब्बल स्मार्टफोनका रुपमा स्थापित गर्न तर्फ लागेको देखिन्छ । उत्कृष्टताको होडमा रहेका यी दुई स्मार्टफोनहरुले पछिल्लो समय अत्याधुनिक प्रोडक्ट सार्वजनिक गरेका छन ।

ती दुई स्मार्टफोन हुन हुवावेको पी १० प्लस र वान प्लस ५ । वान प्लस ५, केहि महिना अघि मात्र सार्वजनिक गरिएको वान प्लस ३ टीको परिष्कृत र अत्याधुनिक संस्करण हो । त्यसैगरि हुवावेको पि १० प्लस केही समय अघि सार्वजनिक गरिएको पी १० को परिष्कृत संस्करण हो ।

लगभग वर्षदिन अघि यि दुइ कम्पनीका दुई स्मार्टफोन हुवावे पि ९ र वान प्लस थ्रीको पनि प्रतिस्प्रधा रोचक थियो । नेपाली बजारमा पनि अहिले यि दुइ स्मार्टफोनको चर्चा र प्रतिस्प्रधा व्याप्त्त छ । यी दुई स्मार्टफोनको फिचरको वारेमा आजको अंकमा तुलनात्मक जानकारी दिने प्रयास गरेका छौँ...