Follow us: Youtube Android App
Somersby Nepal
लाइट हेलिकप्टरको ‘ट्याक्सी’ सेवा सुरू, युरोपियन पर्यटक बढी आकर्षित
२३ असोज २०७४


हेलिएयरले लाइट हेलिकप्टरमार्फत व्यवसायिक उडान सुरू गरिसकेको छ। गत साउनमा उडान अनुमति पाएको हेलिएयरले भदौ २२ गतेदेखि व्यवसायिक उडान गरिरहेको हो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत रोनन लामिछानेका अनुसार अहिले एउटा ‘जेरोकप्टर’ बाट दैनिक ४/५ उडान भइरहेको छ। दुवै विमानबाट एकैसमयमा उडान गर्न पर्याप्त पाइलट नभएकाले मिलाएर गरिएको उनले बताए।

‘पाइलटहरूको प्रशिक्षण भइरहेको छ। सकिएपछि छिट्टै दुवै विमान पूर्णरुपमा उडान गर्नेछौं’ उनले भने।

‘अल्ट्रा लाइटको दाजु’ र ‘हेलिकप्टरको भाइ’ भन्न मिल्ने दुइटा ‘लाइट हेलिकप्टर’ फ्रान्सबाट ल्याएर हेलिएयरले पोखरा विमानस्थलबाट व्यवसायिक उडान गरिरहेको हो। यसमा विदेशी पर्यटकहरू निकै आकर्षित छन्। कम्पनीको मुख्य उद्देश्य नै पोखरा तथा हिमाल दृष्यावलोकन गराउनु ह...

Source