Follow us: Youtube Android App
Somersby Nepal
नेपालमा आइफोन ८ र ८ प्लसको प्रि-बुकिङ खुल्यो, मूल्य कति ?
२४ असोज २०७४


एप्पलले गत सेप्टेम्बरमा सार्वजनिक गरेको आइफोन ८ र ८ प्लसको नेपालमा प्रि­बुकिङ खुल्ला गरिएको छ।

नेपालका लागि एप्पलको आधिकारिक वितरक जेनेरसन नेक्सट कम्युनिकेसन्स प्रालिले विभिन्न स्टोरहरु मार्फत प्रि­बुकिङ खोले पनि औपचारिक रुपमा फोन सार्वजनिक गरेको छैन।

एप्पलको आधिकारिक विक्रेता मध्येको एक ओलिज स्टोरका निर्देशक लोकेस ओलीले आइफोन ८ र ८ प्लसको अनलाइन बुकिङ लिन थालिएको जानकारी दिए। उनले यी दुई फोन तिहारको आसपासमा आइसक्ने भन्दै प्रिबुकिङ सुरु गरिएको बताए।

यी दुई फोनबाहेक एप्पलले आइफोन उत्पादनको दशौँ वर्ष पुगेको अवसरमा ‘आइफोन एक्स’ (आइफोन टेन) समेत सार्वजनिक गरेको थियो। यस फोनको भने अन्तराष्ट्रिय बजारमै बुकिङ खुलिसकेको छैन...

Source