Follow us: Youtube Android App
Somersby Nepal
विद्यार्थीको जाँचमा शिक्षक फेल : नाइजेरिया
२५ असोज २०७४


नाइजेरियाको उत्तरी कडुना राज्यमा प्राथमिक विद्यालयका हजारौं शिक्षकहरु ६ वर्षीय विद्यार्थीकालागि तयार पारेका प्रश्नपत्रको जाँच दिँदा अनुत्तीर्ण भएपछि बर्खास्त गरिने भएका छन्।

कडुनाका गभर्नरले शिक्षक विद्यार्थी अनुपातमा रहेको असमानता सच्चाइने बताएका छन्

राज्यका गभर्नर नासिर एल-रुफाइले भने- "जम्मा शिक्षक संख्याका दुई तिहाइ २१,७८० शिक्षकहरुले जाँचमा ७५ प्रतिशत या त्यो भन्दा माथिको नम्बर ल्याउन सकेनन्।"

उनले भने अनुत्तीर्ण भएका शिक्षकहरुलाई विस्थापित गर्न २५ हजार नयाँ शिक्षकहरु भर्ना गरिनेछ।

एल- रफाइले प्रान्तीय राजधानी कडुनामा विश्व ब्यांकका प्रतिनिधिसँगको भेटका बेला त्यस्तो प्रतिक्रिया दिएका हुन्...

Source