Follow us: Youtube Android App
Somersby Nepal
नोबेल जिताउने ‘जैविक घडी’ जसले हाम्रो निद्रा, स्वभाव र यौन व्यवहार निर्धारण गर्छ
२५ असोज २०७४


घडी वैज्ञानिक यन्त्र हो? कि, हाम्रो जैविक अंग? तपाईंलाई लाग्ला, यो कस्तो प्रश्न हो!

हामीले नाडीमा बाँधेर हिँड्ने वा भित्तामा झुन्ड्याउने घडी, जसले हामीलाई प्राकृतिक समयसँग डोरिन सघाउँछ, त्यो त निश्चित रूपमा वैज्ञानिक यन्त्र हो, डच वैज्ञानिक क्रिश्चियना ह्युगिन्सले १७ औं शताब्दीमा आविष्कार गरेको।

यस वर्ष चिकित्साशास्त्रतर्फ नोबेल पुरस्कार पाउने तीन वैज्ञानिकले भने यस्तो घडीबारे शोध गरेका छन्, जुन हाम्रो शरीरभित्र हुन्छ। कहाँ हुन्छ त त्यो ‘जैविक’ घडी हाम्रो शरीरमा? के कुनै एक्सरे मेसिनले मुटु, कलेजो र फोक्सोजस्तै त्यसको स्वरुप उतार्न सक्छ? के हामी त्यसलाई छाम्न सक्छौं? त्यो हुनुको अनुभूति लिन सक्छौं?

नोबेल विजेतात्रय जेफ्री सी हल, माइकल रसब्यास र माइकल डब्लू यङले चर्चा गरेको त्यो ‘जैविक’ घडी खासमा हाम्रो शरीरभित्र हुन्छ पनि, र हुँदैन पनि............

Source