Follow us: Youtube Android App
Somersby Nepal
रेनो क्विडको हजार सीसी कार पोखरामा
१० जेठ २०७४


पोखरा  पर्यटकिय नगरी पोखरामा विश्व प्रख्यात ब्राण्ड क्विड रेनोको एक हजार सी.सी.का दुई वटा मोडलका कार विक्री वितरण सुरु भएको छ । जोन्छे ट्रेडर्सले उक्त नयाँ मोडलका रेनो क्विड गाडी पोखरा क्षेत्रमा विक्री वितरण गर्न सुरु गरेको हो ।   उक्त गाडीको मुल्य २१ लाख ६३ हजार देखि २२ लाख १० हजार रुपैयाँ पर्ने कम्पनिले जनाएको छ ।

अल न्यू पावरफुल १.० ली ईन्जिनले यसको स्तरमा उत्कृष्ट कार्यक्षमता प्रदर्शन गर्ने जोन्छे ट्रेडर्स प्रालिका संचालक राजेन्द्र वाटाजुले बताए । क्विड एक लिटरको श्रेणीलाई पुनस्थापित गरेको, क्विड १.० ले यसको लम्वाई, तौलको तुलनामा शक्ति, बूट स्पेस ग्राउण्ड क्लियरेन्स तथा प्रविधिको क्षेत्रमा न्याँ स्तर कायम गरेको उनले जनाए ।  

७ इन्चको टचस्क्रीन मिडिया नाभ सिस्टम, डिजिटल ईन्टमेन्ट क्लस्टर,वान टच लेन चेन्ज ईण्डिकेटर, रेडियो स्पीडको आधारमा नियन्त्रण हुने भोल्यूम, लोड लिमिटर्स बिथ प्रिटेन्सनर्स प्रो सेन्स सिट बेल्ट, ३ सय लिटरको बूट क्यापासिटी, एर्गाे स्मार्ट क्याबिन, मल्टिपल स्टोरेज स्पेस, अपर सेगमेन्ट बुडि डाइमेन्सन, ईन्टेरियर स्पेश, सर्भिस पार्ट लगायतका धेरै सुविधा भएको कम्पनीको दाबी छ ।  

प्रालिले अन्य गाडीहरु भन्दा पछिल्लो क्रममा अत्याधुनिक सुविधा सम्पन्न उक्त गाडीहरु नेपाली बजारमा उपलब्ध भएको कम्पनिले दाबी गरेको छ । धेरै सुविधा भएको, भारतमा बनेको र पार्टसहरु समेत सर्वसुलभ भएकोले उक्त गाडी पोखरा क्षेत्रका आम उपभोक्ताहरुलाई लक्षित गरी केही समय अघि देखि ५ सय सीसीका गाडी विक्री वितरण गर्दै आएको राजेन्द्र वाटाजुले बताए ।


स्रोत : कारोबार