Follow us: Youtube Android App
Somersby Nepal
महिन्द्राले यहि जेठ ११ र १२ गते फ्रि सर्भिस क्याम्प आयोजना गर्दै
१० जेठ २०७४


काठमाडौं  महिन्द्रा गाडीको आधिकारीक विक्रेता अग्नि ग्रुपले नेपालका युवाहरुलाई लक्षित गरी महिन्द्रा ‘केयुभि १००’ लाईलिभ योङ्ग, लिभफ्रि भन्ने नारा सहित गत वर्ष नेपालमा भित्र्याएको थियो । उक्त नारा अन्तर्गत आयोजना सफलता सँगै यहि जेठ ११ र १२ गते फ्रि सर्भिस क्याप्प आयोजना गर्ने जनाएको छ ।

छोटो अवधिमा युवाहरु माझ अत्याधिक लोक प्रिय हुनु र बजारमा राम्रो व्यपार गर्नुलाई कम्पनीले सकारात्मक संकेतको रुपमा लिएका छन् । यहि ग्राहाकहरुको अटुट विश्वास र भरोसालाई निरन्तरता दिनका लागि अग्नि ग्रुपले ‘केयुभि १००’ को पहिलो वार्षिक उत्सवको उपलक्ष्यमा मिति यहि जेठ ११ र १२ गते फ्रि सर्भिस क्याम्पको आयोजना गरेको छ ।

 यस क्याम्पमा ‘केयुभि १००’ गाडीलाई निशुल्क रुपमा जाँच तथा सर्भिस गरीनुका साथै लुब्रिकेन्टमा र स्पेयर पार्टसमा १५प्रतिशत छुट दिन लागिएको जानकारी कम्पनीले गराएको छ भने, यो सुविधा युनिक आईडल अटोमोविल बालकुमारी र गुड अटोमोविल धुमबाराहीमा उपलब्ध छ ।


स्रोत : रातोपाटी