Follow us: Youtube Android App
Somersby Nepal
‘गेम चेञ्जर’ टाटा जेस्टः यसरी भयो सेडानमा सर्वश्रेष्ठ
२१ जेठ २०७४


काठमाडौं । डिजेल कारको ठूलो मार्केट नभएको नेपालमा टाटाको पहिलो कम्प्याक्ट सेडान ‘इन्डिगो’ले ब्यापक बजार लिन सकेन । तर, त्यसपछि जब टाटाले जेस्टलाई डिजेल र पेट्रोल दुबै भर्सनमा नेपाल प्रवेश गरायो, त्यसले सेडान मार्केटमा एउटा तरङ्ग मात्रै ल्याएन र नेपालकै सबैभन्दा बढी रुचाइएको सर्वश्रेष्ठ सेडान बन्न पुग्यो ।

नेपालमा लञ्च भएकै दिन ठूलो संख्यामा बुकिङ भएपछि उत्साहित भएको कम्पनीले जेस्टबाट नेपालमा सेडान बजारमा एउटा ‘भ्राइब्रेन्ट क्रियट’ गर्‍यो । बलियो प्रतिस्पर्धीका रुपमा उभ्याएर टाटाको ‘गेम चेञ्जर’ प्रोडक्टका रुपमा स्थापित गर्‍यो ।

बिल्कुल फरक डिजाइन र फिचर्समा आएको जेस्टको फ्रन्ट लुक्सको जति चर्चा भयो, रेयर लुक्सलाई त्यो भन्दा बढी रुचाइयो । इभिनिङ टाइममा देखिने यसको रेयर लुक्सको चर्चा विश्वबजारमा नै भयो ।

टाटा गाडीले आफ्नै फिलोसोपीमा तयार गरेको जेस्ट अहिले नेपालमा मध्यमवर्गदेखि सेलिब्रेटिसम्मको रोजाइमा पर्नुले यसका विशेषतालाई प्रतिबिम्बित गर्छ । नायिका प्रियंका कार्की र क्रिकेटर ज्ञानेन्द्र मल्ल लगायतले ..............