Follow us: Youtube Android App
Somersby Nepal
एप्पल प्रडक्ट्सको हिरो ‘होम पोड’
२६ जेठ २०७४


काठमाडौं   एप्पलको सप्ताहव्यापी वार्षिक समारोहमा सन् २०१७ का प्रविधिजन्य उत्पादनहरूलाई सार्वजनिक गरिएको छ । आफ्ना उत्पादनलाई स्तरोन्नति गरी सार्वजनिक गरिएका उत्पादनहरूमा म्याक्स, आइफोन्स, आइप्याड्स, एप्पल वाच, एप्पल टिभीका साथ अन्य डिभाइसहरूलाई एप्पलले सार्वजनिक ग-यो । एप्पलले आयोजना गर्ने यो वार्षिक समारोहमा आफ्ना सफ्टवेयर र हार्डवेयरको प्रदर्शन गर्ने गर्छ ।

सन् २०१७ को यो समारोहमा यसले आईओएस ११, वाच ओएस ४, टीभीओएस ११ र म्याकओएस हाई सिएराको घोषणा मात्र गरेन, नयाँ १०.५ इन आइप्याड प्रो, स्तरोन्नति गरिएको आइम्याक रेन्ज, नयाँ आइम्याक प्रो, म्याक ल्यापटपहरू र नयाँ ब्रान्डको सिरी जडित स्पीकर जसलाई होम पोड भनिएको छ, त्यसलाई पनि सार्वजनिक ग-यो । 

चर्को प्रतिस्पर्धाबाट गुज्रिरहेको प्रविधिको युगमा एप्पल पनि ठूलै खेलाडी मानिन्छ । त्यसैले पनि होला, एप्पलले यस पटकको आफ्नो बृहत् कार्यक्रममा यसअघि गुगलले सार्वजनिक गरेको गुगल होम र त्यसअघिको अमेजनको एलेक्सालाई टक्कर दिने गरी सिरी स्पीकर सार्वजनिक गरेको हो । महत्वपूर्ण कुरा यो छ कि एप्पलले अपरेटिङ सिस्टमदेखि आफ्ना सबै हार्डवेयर उत्पादनलाई जोड्न मिल्ने गरी सिरी स्पीकर होमपोड सार्वजनिक गरेको छ ।

यो उत्पादन एप्पलको सबैभन्दा महत्वपूर्ण उत्पादन हो, जसको चर्चा विश्व प्रविधि जगतमा जोडतोडले चलिरहेको छ । एप्पल इभेन्टमा सार्वजनिक गरिएका उत्पादनहरू के के छन् त ? यहाँ चर्चा गर्न खोजिएको छ । 

आईओएस ११
आईप्याड र आईफोनका लागि अपरेटिङ सिस्टम आईओएसलाई स्तरोन्नति गरी आईओएस ११ लाई एप्पलले आफ्नो प्रदर्शनी बाकसमा सजाएको छ ।
आईओएसमा केही ठूला परिवर्तनहरू गरिएका छन् ।

यसको नयाँ रूपमा सिरी समावेश गरिएको छ । यसका लागि मेसिन लर्निङ (यन्त्र सिकाइ)को प्रविधिलाई आभार व्यक्त गर्नुपर्छ । यसले आईओएस अनुभवहरूलाई मेसिन लर्निङ डिभाइसको माध्यमबाट समुन्नत बनाउन सहयोग गर्छ ।

यसले तपाईंको रूची र चाहनाहरूलाई सिक्नेछ र यसले तपाईंलाई त्यस अनुरूपको सल्लाह दिन्छ । यसले शब्दहरूलाई छिट्टै सिके तपार्इंलाई सल्लाह दिनेछ । उदाहरणका लागि समाचारका शीर्षकहरूबारे तपार्इंलाई जानकारी दिनेछ । यसको नियन्त्रण केन्द्र (कन्ट्रोल सेन्टर)लाई पुन संरचना (डिजाइन) गरिएको छ । यसले सबैलाई नियन्त्रण गर्छ ।

यसका लागि यसको विशेषताको रूपमा थ्रीडी टच जडान गरिएको छ । जसले यसअघिको नियन्त्रण केन्द्रले गर्ने गरेको काम भन्दा बढी सुविधा उपलब्ध गराउँछ ।एप्पलले एप स्टोरलाई पनि ९ वर्षयता पहिलो पटक पुनर्संरचना गरेको छ । एप्पल म्युजिकको संरचनाजस्तै यसको एक डिजाइन छ । यसमा टुडे ट्याब जडान गरिएको छ, जसले एप खोज्न सहयोग गर्छ ।

साथै गेम र अन्य एपहरूका लागि यो ट्याब उपयोग हुन्छ । एप्सहरूले दैनिक कार्यतालिकाका आधारमा कार्यहरूलाई सजिलो बनाउँछन् । विषयवस्तुहरूलाई ग्रहण गर्ने एआर प्रविधिलाई अर्किटबाट परिचालन हुन्छ । आईओएस ११ लाई आईफोन र आइप्याडहरूमा उच्च वृद्धि हुने गरी जडान गरिएको छ ।

म्याकओएस १०.१३
म्याकओएस १०.१३ लाई म्याक ओएस हाइ सिएराको रूपमा पनि चिनिन्छ । म्याकका अनुभवहरूलाई यसले सुधार गरेको छ । सुरूवातकर्ताहरूका लागि सफारीले बुद्धिप्रदान गर्छ, जसले तपाईंलाई इन्टरनेटमा भएका विज्ञापनहरूका कारण गलत उत्पादन खोज्ने कार्यबारे रोक्न लगाउँछ । यसले सही उत्पादन खोज्न मद्दत गर्छ । 

फोटो पनि नयाँ रूपमा आएको छ । यसले तपार्इंलाई फोटो खिच्न भिडियो बनाउन सजिलो विकल्पहरूको बारेमा जानकारी दिन्छ । यसले तपाईंले खिच्न चाहेको फोटो सबैभन्दा राम्रो कसरी आउँछ, त्यसको चमक र चमकहरूबीचको अन्तर मिलाउन त्यसबारे समेत जानकारी दिन्छ । 

साथै यसमा नयाँ फाइल सिस्टमको एक फिचर उपलब्ध छ । जसलाई एपीएफएस भनिएको छ । छरिएर रहेका फाइलहरूलाई पर्याप्त सुरक्षा साथ व्यवस्थित गर्छ, जुन सुविधा आईओएस १० मा थिएन ।

वाच ओएस ४
वाच ओएस ४ मा नयाँ फिचर भनेको नयाँ सिरी प्रविधिको घडी हो । यसले समय र स्थानका बारेमा ठीक–ठीक जानकारी उपलब्ध गराउँछ । समयका साथ तपार्इंलाई कसरी स्मार्ट बनाउने त्यसबारे सिरीले एप्पल वाचको जानकारी लिएको हुन्छ । यसले कसरी, कहाँ एप्पल वाचको प्रयोग गर्नुपर्छ त्यसबारे जानकार भएकाले तपाईंलाई सल्लाह दिनेछ । 

सिरीको रूपमा आएको यो वाचमा धेरै विशेषताहरू छन् । यीमध्ये वर्क आउट एपको नयाँ अनुभव लिन सकिन्छ । यसले तपाईंको म्युजिकलाई नियन्त्रण गर्न नयाँ डिजाइन गरिएको छ ।

टीभी ओएस ११
टीभी ओएस एप्पल अपरेटिङ सिस्टमको कम आकर्षक भएको हुन सक्छ । एप्पल टीभी जतिखेर एप्पलको हबीको रूपमा ल्याइयो, त्यो दिनदेखि धेरै बढी महत्वको उत्पादनको रूपमा आएको देखिन्छ । टीभी ओएस ११ का बारे भनिएको छ कि अमेजन प्राइम म्युजिक एप्पल टीभीमा आउन लागेको छ ।

आईप्याड प्रो १०.५ इन
एप्पलले सन् २०१६ मा ९.७ का साथ ल्याएको आईप्याड प्रोलाई विस्थापित गर्दै १०.५ इन आइप्याड प्रो ल्याएको घोषणा ग¥यो । यसलाई एप्पलले नयाँ ब्रान्ड भनेर ल्याएको छ ।

यसमा ए १० एक्स चीप जडान गरिएको छ । जुन ६ कोरको सीपीयु र १२ कोरको जीपीयुसँग जोडिएको छ । जसमा कम्तीमा ६४ जीबीको ¥याम छ । यतिमात्रै होइन, यसमा एचडीआर सपोर्टसहितको ९.७ इन आईप्याड प्रो जस्तो ट्र टोनको डिस्प्ले छ । रिफ्रेस रेट ६० एचजेडलाई बढाएर १२० एचजेडको सुविधा छ ।

एप्पलका एप्पल पेन्सिल प्रयोग गर्ने उपभोक्ताका लागि ठूलो आकर्षण छ । यो पेन्सिलले धेरै भन्दा धेरै काम गर्ने भएको छ । यसको क्यामरा विभागमा आईफोन सेभेनको जस्तो फिचर समावेश छ । यसको पछाडिको क्यामरामा १२ एमपीको छ, जसमा ओइआइएस जडान छ । फ्ल्यास पनि छ । अगाडिको क्यामरा ७ एमपीको साथमा शक्तिशाली फ्ल्यास भएको क्यामरा जडान गरिएको छ ।

आइम्याक रेन्ज
प्रभावशाली ग्राफिक्स उपलब्ध गराउन आइम्याक रेन्जलाई महत्वपूर्ण रूपले स्तरोन्नति गरिएको छ । एचटीसी भाइभ जस्तो स्टिम भीआर र भीआर हेडसेटहरू जडान गरिएका छन् । जसलाई शक्तिशाली रेन्जबाट शक्तिकृत गरिएको छ ।

२१.५ इन आइम्याकले इन्टेलको आइसि प्लस ग्राफिक्स प्राप्त गर्छ, जससँग रहेको ४ के डिस्पलेले ४ जीबी भी र्यामहितको र्याडेन प्रो ५५५ वा ५६० प्राप्त गर्छ । यससम्बन्धमा गरिएको वास्तविक सुधारको रूपमा २७ इन रेन्ज,र्याडेन प्रो ५७०,५७५ वा ५८० सँग ८जीबी भी¥यामको सुविधा उपलब्ध रहेको छ ।

आइम्याक प्रो
अति उच्च क्षेत्रसम्मलाई गुप्त रूपमा हेर्न सकिने प्रविधिका साथ आइम्यक यो वर्ष आइम्याक प्रोको रूपमा आउन थालेको छ । धेरै चिप्लो आकाशे खैरो रंगमा यो आउन लागेको छ । यसमा ८, १०, वा १८ कोरको जिओन प्रोसेसिङ प्रविधि र्याडेन भेगा ग्राफिक्ससँग जडान गरिएको छ । यसमा १६ जीबी भी¥यामको सक्षमता छ । जसले ११ टेराफ्लोप्ससम्मको शक्ति उपलब्ध गराउँछ ।

म्याकबुक रेन्ज
एप्पलले म्याकबुक रेन्जका लागि जानकारी दिन धेरै समय खर्चेको छैन । अहिलेका सबै म्याक ल्यापटप (म्याकबुक, म्याकबुक एयर र म्याकबुक प्रो) लाई स्तरोन्नति गरिएको छ । यो धेरै तीव्र गतिमा चल्ने र सुधारिएको इन्टेल क्याबी लेक प्रोसेस जडान गरिएको जनाइएको छ ।

होम पोड
भनिएको सिरी स्पिकर अन्ततः देखिने गरी आएको छ । त्यो होम पोडको रूपमा आएको छ । होम पोड पुरानो म्याक प्रो जस्तो देखिन्छ । यो ७ इन्च अग्लो छ । दिशानिर्देशन गर्ने ध्वनि यसमा राखिएको छ । यसमा ए८ को चिप जडान गरिएको छ जसले सबैलाई शक्तिकृत गर्छ ।
यसमा विशेष सतर्कता जडान गरिएको छ । जसले बुद्धिमानीपूर्वक स्थान विशेषको जानकारी ध्वनिको माध्यमले दिन्छ । 

यसमा एप्पल म्युजिकको सुविधा छ र यसको म्युजिक लाइब्रेरीमा ४ करोड गीतहरू आवश्यकताका बेला उपलब्ध गराउँछ । यसमा जडान गरिएको सिरीले प्रश्न उत्तर र सन्देश पठाउनका लागि आवश्यक जानकारी व्यवस्थित गर्छ ।

यो सन् २०१७ को डिसेम्बर महिना अघि आउने सम्भावना छैन । यसको मूल्य ३४९ अमेरिकी डलर छ । यो बेलायत र अस्ट्रेलियामा पहिले आउने छ । यी दुईका अतिरिक्त देशहरूमा अर्को वर्ष ल्याइने अपेक्षा गरिएको छ ।


एजेन्सी