Follow us: Youtube Android App
Somersby Nepal
होन्डाको नयाँ डियो बजारमा
१६ असार २०७४


काठमाडौं   । नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको अधिकृत विक्रेता स्याकार ट्रेडिङले नेपालमा सर्वाधिक बिक्री हुने डियोस्कुटरको नयाँ मोडेल बजारमा भिœयाएको छ ।

२०१७ को डियोमा नयाँ लिड हेड ल्याम्प, इक्युलाइजर टेक्नोलोजीका साथ कम्बी ब्रेक सिस्टम, बढी माइलेजका लागि विशेष इन्जिन, तथा डुअल टोन कलरका साथै स्पोर्टिङ ग्राफिक्स् रहेको कम्पनीले जनाएको छ ।

आजको युवा पिंढीहरूको आवश्यकतालाई ध्यानमा राख्दै डियो–२०१७ बजारमा अझ उत्कृष्ट रूपमा प्रस्तुत भएको भन्दै कम्पनीले नयाँ भर्सन ५ उत्कृष्ट रंगहरूमा उपलब्ध रहेको जनाएको छ । 

Source