Follow us: Youtube Android App
Somersby Nepal
गाडी किन्दै हुनुन्छ ? जान्नुस् कुन बैंकले कति ब्याजदरमा ऋण दिन्छन्
१२ भदौ २०७४


काठमाडौं । गत वर्ष नाडा अटो शोमा ६ प्रतिशतसम्म व्याज दरमा सवारी कर्जा पाएका ग्राहकहरुले यसवर्ष भने केही बढि व्याजदर तिर्न पर्ने देखिएको छ । साउन र भदौंमा वाणिज्य बैंकहरुले प्रकाशित गरेका व्याजदरलाई आधार मान्ने हो भने यसपटक ग्राहकले न्युनत्तम १० प्रतिशत देखि अधिकत्तम साढे १९ प्रतिशतसम्म व्याजदर तिर्नुपर्ने हुनसक्छ ।


हुनतः भोली मंगलवारबाट सुरु हुने नाडा अटो शोमा बैंकहरुले यो दरमा केही पुनरावलोकन गर्ने सम्भावना भने बाँकी नै रहेको छ । अधिकांश बैंकको आधार व्याज दर (बेस रेट) १० प्रतिशत हाराहारीमा रहेकोले सवारी कर्जाको व्याजदर औसतमा १२ प्रतिशत रहन सक्ने छ ।

यसपटक व्याज दरमा स्थिरता

गत वर्ष ६ प्रतिशत व्याज दरमा सवारी कर्जा जारी गरेका बैंक तथा वित्तीय संस्थाले यो क्षेत्रमा नै कर्जा योग्य लगानी रकमको अभाव भएपछि व्याज दर बढेर १२/१४ प्रतिशतसम्म पुगेको गुनासाहरु ................

Source