Follow us: Youtube Android App
Somersby Nepal
अब तपाइँको ज्यान खतरामा पर्दा कुकुरले नै गर्नेछ पुलिसलाई फोन
१६ असार २०७४


तपाइँले घरमा पालेको कुकुर अब केवल घरको सुरक्षाका लागि मात्र होइन की तपाइँको ज्यान जोगाउने मामिलामा पनि काममा आउनेछ । अनुसन्धानकर्ताहरुले एक नयाँ प्रविधिको विकास गरेका छन् जसको मद्दतले कुकुरले पुलिसलाई फोन गर्न सक्नेछ ।

यदि कोही मानिस घरमा एक्लै छ र कुनै समस्यामा परेको छ भने उक्त कुकुरले तुरुन्त पुलिसलाई फोन गरेर जानकारी गराउनेछ । अमेरिकाको जर्जियास्थित एक टेक्नोलोजी विश्वविद्यालयले अनौठो ट्याबलेटको आविष्कार गरेका छन्, जसलाई मानिसले होइन कुकुरले प्रयोग गर्नेछ ।

जर्जिया इन्स्िटच्यूट अफ टेक्नोलोजीले फिडो प्रोजेक्टमार्फत उक्त ट्याबलेट निर्माण गरकेो हो । उक्त ट्याबलेट विशेष छ । त्यसलाई मानिसका लागि होइन कुकुरका लागि बनाइएको हो ।

यदि अचानक तपाइँलाई हृदयाघात भयो भने कुकुरले ट्याबलेटमा गएर नाक रगडेर इमर्जेन्सी नम्बरमा कल गर्न वा टेक्स्ट गर्न सक्दछ । यद्यपि यो व्यवहारिक रुपमा कति सम्भव होला त्यो प्रयोगपछि मात्र थाहा होला । शोधकर्ताहरुका अनुसार यदि कुकुरलाई तालीम दिनेहो भने उसले यो ट्याबलेटको सही उपयोग गर्न सक्नेछ ।

एनिमल कम्प्युटर अन्तरक्रिया परियोजनाका निर्देशक मेलोडी ज्याक्सनका अनुसार जब कुकुरले ट्याबलेटको स्त्रिmन स्पर्श गर्दछ तब विभिन्न आइकन खुल्दछन् । जसमा इमरजेन्सी नम्बर पनि हुनेछ । जब कुकुरले उक्त नम्बरमा छुन्छ तब पुलिसलाई कल जान्छ । त्यसमा जिपिएस लगाएको हुनाले पुलिसले सजिलैसँग कुन ठाउँबाट फोन आएको हो भन्ने कुरा थाहा पाउन सक्दछ ।

एजेन्सी