Follow us: Youtube Android App
Somersby Nepal
कीर्तिमानको नयाँ काइदा, १७ सेकेण्डमा ५० अण्डा स्वात्तै (भिडियो सहित)
१९ असार २०७४


अहिले इन्टरनेटमा चर्चित हुने सबैभन्दा राम्रो काइदा भनेको अनौठो तथा अरुले नगरेको काम गर्नु हो । मानिसहरुले यस्तै अजिब हरकत गरिरहेको पाइन्छ इन्टरनेटको दुनियामा ।

कसैले अनौठो तरिकाले गीत गाउँछन् त कतिले खतरनाक स्टन्ट गर्दछन् । इन्टरनेटमा भिडियो भाइरल बनाउनु भनेको कमाई गर्ने स्मार्ट तरिका पनि भएको हुँदा मानिसहरु यस्तो गरिरहेछन् ।

यही मेलोमा युट्युबमा पछिल्लो समय एउटा भिडियो भाइरल भइरहेको छ । उक्त भिडियोमा चीनका एकजना मानिसले केवल १७ सेकेण्डको समयमा ५० वडा अण्डा खाएका छन् ।

३४ सेकेण्डको उक्त भिडियोमा एक पुरुष ५ वटा मग लिएर बसिरहेका छन् । ती मगमा अण्डा फुटाएर भित्रको भाग राखिएको हुन्छ । ५ वटा मगमा १० वटाको दरले ५० वटा अण्डा राखिएको छ । ती पाँच वटा मगमा भरिएका अण्डालाई ती व्यक्तिले केवल १७ सेकेण्डमा सिनित्तै पिइदिन्छन् ।

हेर्नुहोस् भिडियो

उनले पहिलो मगबाट अण्डा पिइरहेको बेलामा दोश्रो मग उठाइसकेका हुन्छन् । पहिलो भुइँमा राख्ने बित्तिकै दोश्रो मुखमा लगाइहाल्छन् र तेश्रोमा हात पुराइसक्छन् । एवम् प्रकारले उनले १७ सेकेण्ड भित्र पाँच मग अण्डा बुत्याउँछन् ।

UNILAD नामको फेसबुक पेजमा समेत अपलोड गरिएको उक्त भिडियो फेसबुकमा समेत भाइरल बन्यो । भिडियोमा लाखौँ मानिसहरुले प्रतिक्रिया जनाएका छन् र प्रतिक्रियाहरु समेत रोचक देखिन्छन् ।

मानिसहरुले यतिधेरै अण्डा रित्याउने ती पुरुषको कार्यप्रति चिन्ता व्यक्त गर्दै त्यसले उनलाई फूड प्वाइजनिङ हुनसक्नेमा चिन्ता व्यक्त गरेका छन् । कतिपयले चाहीँ यतिधेरै अण्डा खाएपछि अब क्यालोरी बर्न गर्नका लागि हजारौँ किलोमिटर दौडनुपर्ने सुझाव दिएका छन् । एजेन्सी

Source