Follow us: Youtube Android App
Somersby Nepal
दुनियाको सबैभन्दा चौडा नदी, जसको बारेमा सायदै सुन्नुभएको होला
२३ असार २०७४


दक्षिण अमेरिकाको उरुग्वे र अर्जेन्टिनाको सीमा क्षेत्रमा एउटा यस्तो नदी छ, जुन दुनियाको सबैभन्दा चौडा नदी हो । यो नदीको नाम हो रियो डे ला प्लाटा । यो नदीको चौडाई २ सय किलोमिटर रहेको छ । यद्यपि, भुगोलशास्त्रीहरुले यसलाई नदी मान्न तयार छैनन् । उनीहरुका अनुसार रियो डेला प्लाटा यस्तो खाडी हो जहाँ उरुग्वे र पेराना नदीको दोभान छ ।

भुगोलविदहरुले यसलाई खाडी भने पनि उरुग्वे र अर्जेन्टिनाले भने यसलाई नदीकै दर्जा दिएका छन् । उरुग्वे नदी र पेराना नदी दुई साना नदी हुन् जसको मुख्य स्रोत आन्ध्र महासागर हो । यी नदीहरु अलग–अलग दिशाबाट बगेर आउँछन् र रिआ डे ला प्लाटामा आएर मिल्दछन् । सोही कारण यसलाई विश्वको सबैभन्दा चौडा नदीको रुपमा दर्जा दिइएको हो ।

सन् १५१६ मा एक स्पेनिस समुद्रयात्री जुआन दिज डे सोलिसले सबैभन्दा पहिले यो नदीको खोजी गरेका थिए । जब उनले आन्ध्र र प्रशान्त महासागरको बीचको बाटो खोजिरहेका थिए । त्यस समयमा उनले यसलाई मार ड्युलिक अर्थात् ताजा पानीको समुद्र नामाकरण गरे । सन् १५२० मा एक पोर्चुगिज समुद्रयात्री फर्डिनेन्ड म्यागलिनले यसमाथि केही अनुसन्धान गरे ।

इटालियन खोजकर्ता सेबस्टियन क्याबोटले १५ वर्षसम्म यो नदीको गहन खोज अनुसन्धान गरेका थिए । तत् पश्चात उक्त नदीको नाम रिओ डे ला प्लाटा राखिएको हो । सेबेस्टियनले त्यसबेला उरुग्वे र पेराना नदी पनि पत्ता लगाएका थिए । तत् पश्चात रिओ डेला प्लाटा दुनियाको सबैभन्दा चौडा नदी भएको पत्ता लाग्यो ।

एजेन्सी