Follow us: Youtube Android App
Somersby Nepal
आमाले ५ हजारमा नवजात छोरी विक्री गरेपछि..
२६ असार २०७४


एजेन्सी  गरिबीका कारण एक आमाले नवजात छोरीलाई ५ हजारमा विक्री गरेको घटना बाहिर आएको छ । भारतको तेलांगना राज्यकी एक महिलाले छोरीको जन्म दिएको केही समयपछि नै आफ्नी छोरीलाई ५ हजार भारतीय रुपैयाँमा बिक्री गरेकी हुन् ।

महिलाले छैटौं सन्तानको रुपमा एक सरकारी अस्पतालमा बच्चीलाई जन्म दिएकी थिइन् । ती महिलाले अस्पतालमा सरसफाइको काम गर्ने व्यक्तिको सहयोगमा भद्राचलम शहरकी एक महिलालाई बच्ची विक्री गरेकी हुन् ।

बच्चा विक्री गर्ने महिलाका यसअघि नै चार छोरी र एक छोरा रहेका छन् । ती महिलाका अनुसार उनका पति रिक्सा चलाउने काम गर्छन् । रक्सी पिउने लतका कारण उनका पतिले कमाइ गरेको सबै पैसा रक्सीमै खर्च गर्ने गर्छन् । यस्तो कमजोर आर्थिक अवस्थाका कारण छैटौं सन्तान पाल्न नसक्ने भएकाले उनले नवजात बच्चीलाई ५ हजारमा विक्री गरेको भनेकी छिन्।

बच्ची खरिद गर्ने महिलाले आफ्ना कुनै सन्तान नभएकाले बच्ची खरिद गरेको बताएकी छिन् । घटना बाहिर आएपछि भने ती महिलाले अस्पतालमा रहेकी बच्चीकी आमालाई नै बच्ची फिर्ता गरिदिएकी छिन् ।

एजेन्सी