Follow us: Youtube Android App
Somersby Nepal
बाँदरको पनि डिभोर्स : जान्नुहोस् बाँदरबारे रोचक तथ्य
१० साउन २०७४


झन्डै ३० लाख वर्षअघि मानिस र बाँदर छुट्टिँदै गए । पुच्छर नभएका चिम्पान्जी बाँदर र मानिसबीच ९८ प्रतिशत स्वभाव मिल्छ । उसले बोल्न जानेको भए मानिसभन्दा बुद्धिमानी ठहरिने अनुमान गरिएको छ । बाँदरमध्ये पुच्छर नभएका सबैभन्दा चलाख हुन्छन् । चिन्पान्जीले टीभी हेर्ने, कम्प्युटर चलाउने, आफूलाई मन पर्ने च्यानल हेर्ने र पेन्टिङसमेत गर्ने गर्छन् । पुच्छर नभएका बाँदरमा उल्लिखित क्षमता भए पनि घर बनाएर बस्नुपर्छ भन्ने चेतना विकास भएको छैन । 

नेपाली समाजमा बाँदरलाई सकारात्मक दृष्टिले हेरिँँदैन । तर, कतिपय अवस्थामा मानिसभन्दा बाँदर बुद्धिमानी देखिन्छन् । त्यो उसको क्षमता र विशेषता हो । ‘बाँदरले कहिल्यै बलात्कार गर्दैन,’ बाँदरमा विद्यावारिधि गरेका डा. मुकेश चालिसेले सुनाए, ‘भाले बाँदरले पोथी बाँदर महिनावारी भएको गन्धबाट थाहा पाउँछ । उसले उमेर पुगेपछि र बच्चा जन्माउने क्षमता विकास भएपछि मात्रै यौनसम्पर्क गर्छ ।’ 

नेपालमा पाइने बाँदर औषधिविज्ञानका लागि संसारमा सबैभन्दा उपयुक्त मानिन्छ । नेपालमा शुद्ध बाँदर पाइन्छन् । डा. चालिसेका अनुसार नेपालमा एक लाख बाँदर ............

Source