Follow us: Youtube Android App
Somersby Nepal
महिलाको कुमारित्व भंग हुने डरले गाडी चलाउन रोक !
१२ असोज २०७४


अन्ततः विश्वव्यापी विरोध तथा आलोचनापछि साउदी अरेबियाले आफ्नो देशका महिलाहरुलाई गाडी चलाउन दिने निर्णय गरेको छ । त्यहाँका राजाले आगामी सन् २०१८ देखि महिलालाई गाडी चलाउने दिने आदेश जारी गरेका छन् ।

साउदीमा महिलालाई परापूर्व कालदेखि नै गाडी चलाउन बन्देज रहेकोमा सन् १९९० देखि कानूनी रुपमै प्रतिबन्ध लगाइएको थियो । सोही वर्षदेखि नै कतिपय साहसी साउदी महिलाहरुले सरकारी निर्णयको विरोध गरेका थिए ।

त्यसपछि धार्मिक विद्वानहरुको परिषदले गाडी चलाउने कामले अशुभ तथा नकारात्मक परिणाम ल्याउने ठहर गर्दै फतवा जारी गरेको थियो । महिलालाई गाडी चलाउन दिनाले महिलाहरुको बाह्य पुरुषहरुसँग निकटता बढ्ने र उनीहरु विपरित लिंगीप्रति सेक्सका लागि आकषिर्त हुने ठहर धार्मिक विद्वानहरुको थियो । त्यसपछि गाडी चलाउन पाउनुपर्ने माग गर्दै प्रदर्शन गर्ने महिलाहरुमाथि कडा दमन गर्न थालियो । तर महिलाहरुले यसलाई अभियानकै रुपमा अगाडि बढाए ।

सन् २०११ त साउदी सरकारले अर्को अनौठो काम गर्यो । एक सरकारी रिपोर्ट जारी गर्दै साउदीको शूरा प्रान्तको सरकारले महिलालाई गाडी चलाउने इजाजत दिइएमा उनीहरुको कुमारित्व भंग हुने बतायो ।

तर महिलाहरु रोकिएनन्। सोसल मिडियाहरुमा विश्वव्यापी रुपमै अभियान छेडियो । अन्ततः सरकार हाल आएर झुक्न बाध्य भयो । मंगलबार एक आदेश जारी ग्र्दै सरकारले महिलालाई पनि सवारी चालक प्रमाणपत्र प्रदान गर्ने घोषणा गरेको छ । बीबीसी