Follow us: Youtube Android App
Somersby Nepal
साउदी अरबको रियादमा तमू धिं क्षेत्रीय समिति पुनर्गठन
१२ असार २०७४


रियाद । साउदी अरबको राजधानी रियादमा तमू धिं नेपाल प्रवास शाखाको क्षेत्रीय समिति पुनर्गठन भएको छ । यहाँको अल खालिज स्थित सेडर भिलेज कम्पाउन्डको सभा हलमा तमू धिं नेपाल प्रवास शाखा साउदी अरबका केन्द्रीय अध्यक्ष खेम तमूको अध्यक्षतामा क्षेत्रीय समिति रियाद पुनर्गठन भएको हो ।

शंकर तमूको अध्यक्षतामा ११ जना रहेको क्षेत्रीय समिति रियाद पुनर्गठन गरिएको हो । नव गठित क्षेत्रीय अध्यक्षलाई केन्द्रीय अध्यक्ष खेम तमूले सपथ खुवाएका थिए ।

यस्तै अन्य नव गठित कार्यसमितिलाई अध्यक्ष शंकर तमूले सपथ खुवाएका थिए । साउदी अरबको भौगोलिक कारणले गर्दा केही वर्ष पहिले गठन भएको क्षेत्रीय समिति निष्व[mय रहेको थियो ।

उक्त पुनर्गठन कार्यक्रममा केन्द्रका संरक्षक ओम घले, बरिष्ठ उपाध्यक्ष तिलक तमू र उपाध्यक्ष भिम घलेको बिशेष अतिथि रहेका थिए ।

Source