Follow us: Youtube Android App
Somersby Nepal
चीनमा नेपाली विद्यार्थी उत्कृष्ट
१६ असार २०७४


चीनको युनिभर्सिटी अफ चाइनिज एकेडेमी अफ साइन्सेस ‘युकास’अन्तर्गत विभिन्न इन्स्टिच्युटमा अध्ययन गरेर पिएचडी गरेका पाँचजना नेपाली विद्यार्थीले उत्कृष्ट अवार्डबाट सम्मानित भएका छन् । विज्ञान विषयमा चाइनिज एकेडेमी अफ साइन्सेस ‘युकास’चीनकै सबैभन्दा प्रतिष्ठित र उत्कृष्ट शैक्षिक संस्था हो । चीनभरिमा यसका सयौँ इन्स्टिच्युटहरु रहका छन् ।
 
युकासको बेइजिङ इन्स्टिच्युटबाट भूगोलमा पिएचडी गरेका बसन्त पौडेलले तीनवटा अवार्ड हात पारेका छन् । उनले युकासका चिनियाँ तथा विदेशी सबै विद्यार्थीहरुबीचमा प्रतिस्पर्धा गरी एक्सलेन्ट ग्राजुएट अवार्ड प्राप्त गरेका हुन् । सन् २०१७ मा यो अवार्ड प्राप्त गर्ने उनी एक मात्र विदेशी विद्यार्थी हुन् ।

त्यसैगरी उनले डाइरेक्टर स्कलरसिप अवार्ड र एक्सलेन्ट प्रेजेन्टेसन अवार्ड पनि जितेका छन् । पौडेलले नेपालको कृषि जमिनमा जलवायु परिवर्तनका असरमा पिएचडी गरेका हुन् । पौडेल सन् २०११ मा त्रिविबाट भूगोलमा गोल्डमेडलिस्ट पनि ..............

 

Source