Follow us: Youtube Android App
Somersby Nepal
भारतीय नाकाबन्दी नेपालबाट सिक्किममा सर्‍यो
२२ असार २०७४


सिक्किम । नेपालमा नाकाबन्दी लगाएर बदनामी कमाएको भारतले आफ्नै देशको सिक्किम र दार्जीलिङका पहाडमा खाद्यान्न पठाउन रोक लगाएर नाकाबन्दी सुरु गरेको छ । नाकाबन्दीका कारण सिक्किममा भारतविरोधी भावना बढ्न थालेको छ ।

आफ्नै राज्यका बासिन्दामाथि दैनिक उपभोग्य सामाग्रीमाथि नाकाबन्दी लगाएर भोकै पार्न थालिएपछि सिक्किममा मुख्यमन्त्री पवन चाम्लिङसमेत आक्रोशित भएका छन् ।

मुख्यमन्त्री चाम्लिङले स्याडवीच हुनका लागि सिक्किम भारतमा गाभिएको होइन भन्दै आफूहरुमाथि भारतले पेल्ने काम गरिरहेको गुनासो गरेका छन् ।

बुधबार नाम्चीको चिसोपानीमा मुख्यमन्त्री पवन चाम्लिङले एएटा कार्यक्रमलाई सम्वोधन गर्नेक्रममा भारतीय नाकाबन्दीको चर्को विरोध गरे ।

उत्तरी सीमानामा चिनियाँ चलखेल अनि दक्षिणको सिलिगुढीमा सिक्किमका सवारी साधनमाथि तोलडोड गरिएको भन्दै चाम्लिङले आफूहरु दोहोरो मारमा परेको बताए । सिक्किम यसरी स्याण्डविच हुनका लागि भारतमा नगाभिएको मुख्यमन्त्री चाम्लिङले बताए...

Source