Follow us: Youtube Android App
Somersby Nepal
जापानको हाकातामा आइएमर्इ क्योदार्इ रेमिटेन्सको शाखा, नेपाली विद्यार्थी धेरै रहेका क्षेत्रमा
२३ असार २०७४


काठमाडौं।जापानबाट नेपाल लगायत विश्वका विभिन्न देशमा रेमिटेन्स कारोबार गर्दै आएको आइएमर्इ क्योदार्इ रेमिटेन्सले जापानको हाकातामा नयाँ शाखा विस्तार गरेको छ।

आइएमर्इका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल,क्योदार्इका प्रमुख चिरो किमोतो र गैर आवासीय नेपाली संघ जापानका उपाध्यक्ष टंक गैरेले संयुक्त रुपमा शाखा शुभारम्भ गरे।

सिइओ पोखरेलले विदेशबाट पैसा पठाउने वित्तिकै आइएमर्इकै नाम आउने बताउँदै विश्वासिलो र भरपर्दो ब्राण्ड बनाउन सहयोग गर्ने सबैलार्इ धन्यवाद दिए।नेपाली विद्यार्थीको बाहुल्यता रहेको क्षेत्रलार्इ लक्षित गरेर शाखा स्थापना गरिएको हाकाताका शाखा प्रमुख रामकृष्ण श्रेष्ठले बताए।

बिजमांडू