Follow us: Youtube Android App
Somersby Nepal
पर्वतका सन्तबहादुर सत्रवर्षदेखि साउदी जेलमा
२३ भदौ २०७४


पर्वत । पर्वतको मोदी गाउँपालिका–४ खुइँजरीका सन्तबहादुर पुन १७ वर्षदेखि साउदी अरबको कारागारमा अलपत्र परेका छन् । २०५७ साल फागुनमा साउदी पुगेका पुन त्यहाँको गाउँमा भेडाबाख्रा हेर्ने काम गर्दै आएका थिए । तर, उनीमाथि भेडा चोर्न आएका व्यक्तिको हत्या आरोप लगाइएपछि उनी १७ वर्षदेखि साउदी जेलमा छन् ।

स्थानीय अदालतले ०५८ साल जेठ पहिलो साता ‘मृतकको परिवारले आममाफी नदिए मृत्युदण्ड हुने’ अन्तरिम आदेश सुनाएको थियो । पुनले टेलिफोनमा बताएअनुसार चोरी गर्न आएका स्थानीय ‘उदाआएद होमद’ नामका व्यक्तिबाट बाख्रा जोगाउन प्रतिकार गर्नेक्रममा उनको मृत्यु भएको थियो ।

मृतकका दुई छोरामध्ये जेठाले तत्कालै आममाफी दिएको पुनले बताए । ‘कान्छो छोरा बल्ल १८ वर्ष पुग्दैछ,’ पुनले भने, ‘उसको उमेर नपुग्दासम्म जेलमै बस्नुपर्यो । अब मेरो जीवन उसैको हातमा छ...

Source