Follow us: Youtube Android App
Somersby Nepal
अमेरिका पुगेका भुटानीको दशैंः छाप्रो छाडेर महलमा रमझम
११ असोज २०७४


काठमाडौं । स्वदेशमा मात्र होइन विदेशमा रहेका नेपालीहरुलाई महान पर्व बडादशैंले ब्यस्त बनाउन थालेको छ ।

आफ्नै जन्मभूमिमा फर्केर आएर दशैं मनाउने अवसर नपाएकाहरुले विदेशमा आफ्नै तरिकाले मनाउने योजना बनाइरहेका छन् । अमेरिकी डिभी चिठ्ठा परेर अमेरिकाको पेल्सिभेनियामा पुगेका इलामका दिनेश शर्मा भब्य दुर्गापूजाको तयारी गरिरहेको सुनाउँछन् ।

पेल्सिभेनियाको स्क्र्यान्टनको भूटानी शरणार्थी बस्तीमा रहेका शर्मा भुटानबाट लखेटिएर झापाका विभिन्न शिविरबाट अमेरिका पुर्नवास भएका सयौं भुटानी आप्रबासी र नेपालीहरु मिलेर भब्य दुर्गापुजाको तयारी भइरहेको बताउँछन् । ‘भुटानी शरणार्थी जीवन विताएर यहाँ आएका करिब ६ सय नेपालीहरुले यो दुर्गापुजाको आयोजना गरेका छन्, उनले भने,‘बाक्लै नेपाली बस्ती भएकाले दशैंको उल्लास छाएको छ ।’

स्क्रान्टनमा मात्र होइन ह्यारिसबर्गमा पनि दुर्गापुजाको भब्य तयारी भइरहेको छ । भुटानी अमेरिकी हिन्दु समाजले दशैं विशेष प्रवचनसहित लुइभेलमा तीनदिने दुर्गापुजाको भब्य तयारी गरेको छ । पेल्सिभेनियाको पिटर्सवर्कमा हिमालयन इभेन्ट एन्ड म्यानेजमेन्टले ‘सुर साँझ’ सांगीतिक कार्यक्रमको तयारी गरिरहेको छ ...

Source