Follow us: Youtube Android App
Somersby Nepal
गोर्खाल्याण्ड आन्दोलन: १०५ दिनपछि आम हड्ताल फिर्ता
११ असोज २०७४


इलाम l छुट्टै गोर्खाल्याण्ड राज्यको माग राखेर दार्जिलिङसहितको क्षेत्रमा जारी अनिश्चितकालीन आम हड्ताल १०५ पाँच दिनपछि फिर्ता भएको छ। भारतका केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले १५ दिन भित्र वार्ता गर्ने आश्विासन दिएपछि गोर्खा जनमुक्ति मोर्चाले आमहड्ताल फिर्ता लिएको हो।

गृहमन्त्री सिंहले दशैपछि त्रिपक्षीय वार्ताको वातावरण बनाउने आश्वासन दिएपछि अनिश्चितकालीन आम हड्ताल फिर्ता लिएको गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङले जानकारी दिए।

बन्द खुलेपछि बुधबार विहानै देखि दार्जिलिङ, मिरिक, खरसाङ, कालेबुङको जनजिवन सामान्य बनेको मिरिकका पत्रकार मनोहर शर्माले जानकारी दिए।

विहानै देखि पसल र सवारी साधन सञ्चालनमा आएको उनले बताए। सर्वसाधारणले भने बिना उपलव्धि बन्द फिर्ता लिएको भन्दै असन्तुष्टी जनाएका छन् । कतिपयले गोर्खाल्याण्डका लागि स्थापना भएका क्षेत्रीय दलहरु बंगाल सरकार अघि लाचार बनेको आरोप लगाएका छन्...

Source