Follow us: Youtube Android App
Somersby Nepal
नेपाल र ओमनबीच संयन्त्र स्थापना गर्ने सम्झौता पत्रमा हस्ताक्षर
१२ असोज २०७४


काठमाडौं । नेपाल र ओमनबीच कूटनीतिकस्तरमा द्विपक्षीय संयन्त्र स्थापना गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

मस्टकस्थित ग्राण्ड ह्यात होटलमा गरिएको कार्यक्रममा नेपालका लागि ओमनका राजदूत शर्मिला पराजुली ढकाल र ओमनको परराष्ट्र मन्त्रालयका पश्चिम एशिया प्रमुख सेख हिलाह मर्हुन अल मम्मरीले हस्ताक्षर गरे ।

उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, श्रम तथा रोजगारमन्त्री फरमुल्ला मन्सूर, महिला, बालबालिका तथा समाजकल्याणमन्त्री आशा कोइराला र ओमनका उच्च अधिकारीको उपस्थितिमा भएको सम्झौताबाट दुबै देशबीचको सम्बन्ध थप उचाइमा पु‍¥याउन कोशेढुंगा सावित हुने बताइएको छ...

Source