Follow us: Youtube Android App
Somersby Nepal
कामदारको तलब नै नतोकी जोर्डनसँग श्रम सम्झौता गरिँदै
२२ असोज २०७४


काठमाडौं । नेपाल र जोर्डन द्विपक्षीय श्रम सम्झौताको अन्तिम तयारीमा छन् । जुन, १२ वर्षपछि नेपालले गर्न लागेको इतिहासकै दोस्रो श्रम सम्झौता हुनेछ ।

प्रस्तावित मस्यौदामा कामदारको तलब तोकिएको छैन । जोर्डन सरकारले तोकेबमोजिम हुने मस्यौदामा उल्लेख गरिने भएको छ ।

जोर्डन कामदारलाई कम तलब दिने मुलुकका रुपमा चिनिन्छ । कामदारको कमाइ औसत हुने गर्छ, उत्कृष्ट मानिँदैन । श्रम सम्झौतामा न्युनतम तलब नतोकिँदा कामदार आर्थिक शोषण पर्ने जोखिम रहने विज्ञहरु बताउँछन् ।

अधिकारकर्मीहरुले त उक्त सम्झौता नै निस्प्रभावी हुने टिप्पणी गरेका छन् ।

असोज अन्तिम साता जोर्डनसँग श्रम सम्झौताको तयारी छ । श्रम तथा रोजगार मन्त्रालयका अनुसार जोर्डनले औपचारिक जानकारी पठाउनासाथ सम्झौताको मिति तोकिने छ । त्यसका लागि श्रम मन्त्री फरमुल्लाह मन्सुर जोर्डनको राजधानी अम्मान जानेछन् ...

Source