Follow us: Youtube Android App
Somersby Nepal
सडक दुर्घटनाका पीडितलाई प्रवासी नेपालीको सहयोग
२२ असोज २०७४


जापान । रोजगारीका लागि कतारमा गएका बागलुङका एक पीडित परिवारलाई जापानबाट आर्थिक सहयोग गरिएको छ ।

सडक दुर्घटनामा गम्भीर घाइते गल्कोट–६ का गिरीबहादुर विश्वकर्माको उपचारार्थ ‘गल्कोट समाज जापान’ले पाँच लाख २० हजार ४२१ जापानी यान उपलब्ध गराएको हो ।

उक्त समाजले जापानमा शुरु गरेको सहयोग अभियानअन्तर्गत संकलित रकम विश्वकर्मा परिवारलाई हस्तान्तरण गरिएको समाजका अध्यक्ष नरबहादुर थापाले बताए ।

रोजगारीका लागि कतार गएका विश्वकर्माको सडक दुर्घटनामा परी अचेत अवस्थामा स्वदेशमै ल्याएर काठमाडौँको बिएण्डबी अस्पतालमा उपचार भइरहेको छ...

Source