Follow us: Youtube Android App
Somersby Nepal
कंगोबाट १५० नेपाली सैनिक फर्काइए
२४ असोज २०७४


काठमाडौं l नेपाली सेना नेतृत्वको हेलचेक्र्याइँ र संयुक्त राष्ट्रसंघसँग कमजोर समन्वयका कारण शान्ति स्थापनार्थ अफ्रिकी मुलुक कंगोमा खटिएकामध्ये १ सय ५० जना नेपाली शान्ति सैनिक १० महिनाअघि नै स्वदेश फिर्ता भएका छन् ।

सैनिक मुख्यालयले म्यान्डेटविपरीत आवश्यकताभन्दा बढी सैनिक पठाएपछि राष्ट्रसंघले नेपाली शान्ति सैनिक फिर्ता पठाएको हो । उनीहरू एक वर्षका लागि असार अन्तिम साता शान्ति सैनिकका रूपमा कंगो गएका थिए । सैनिक नेतृत्वले आवश्यकताभन्दा बढी संख्यामा शान्ति सैनिक पठाएपछि संयुक्त राष्ट्रसंघले १ सय ५० जना नेपाली सैनिक फिर्ता पठाएको सैनिक स्रोतले बताएको छ ।

उनीहरू बिहीबार राति १० बजे काठमाडौं फर्किएका हुन् । कंगोमा अब ७ सय नेपाली शान्ति सैनिक कार्यरत छन् । जंगी अड्डाका एक सैनिक अधिकारीले भने, ‘संख्या कटौती हुने पहिल्यै थाहा पाएर पनि संख्या बढाएर पठाउनु गैरजिम्मेवारीपन थियो । मिलाउन सकिन्छ कि भनेर मुख्यालयले जबरजस्ती पठायो तर समन्वय गर्न नसक्दा मिसनबाट फर्कनुपर्‍यो ...

Source