Follow us: Youtube Android App
Somersby Nepal
मुख्य समाचार

[ Feb 26, 2017 ] लैनो भैँसी दाइजो माग्ने बेहुला प्रहरी खोरमा

महोत्तरी । दाइजोमा लैनो भैंसी नपाएको निहुँमा दुलही छोड्ने धनुषाका एक बेहुलालाई इलाका प्रहरी कार्यालय बर्दिबास महोत्तरीले पक्राउ गरेर खोरमा हालेको छ। सिउँदोमा सिन्दुर हाली सकेकी बेहुलीलाई छोड्ने बेहुला कान्छी बजार-९ का रौदी कापरलाई प्रहरीले पक्राउ गरेर खोरमा राखेको हो।

[ Feb 26, 2017 ] गाउँपालिका सिफारिस विवादः मध्यपहाडी लोकमार्ग फेरि बन्द

खोटाङ । मुहुरेगढी गाउँपालिका हटाएर लामीडाँडा बनाएको विरोधमा स्थानीयले फेरि मध्यपहाडी लोकमार्ग बन्द गरेका छन् । सिफारिस नै नगरिएको गाउँपालिका बनाइएको विरोधमा आन्दोलनमा उत्रिएका बुइँपा, राजापानी, बिजयखर्क र नुनथलाका स्थानीयले महुरेगढी गाउँपालिका कायम गर्न पुःन अनिश्चितकालका लागि सडक बन्द गरेका हुन् ।

[ Feb 26, 2017 ] पौडेललाई देउवाको जवाफ– ‘तत्काल बैठक बोलाउदिनँ’

कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको बैठक तत्काल नबोलाउने जनाउ दिएका छन् । पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेलले केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाउन माग गर्दै पत्र पठाएपछि देउवाले यस्तो बताएका हुन् । ‘केन्द्रीय कार्यसमिति…

[ Feb 26, 2017 ] मधेसी मोर्चाको संशोधन दर्ता, सातै प्रदेशको सीमा हेरफेर गर्नु पर्ने

काठमाडौं । संविधान संशोधन विधेयकमाथि विभिन्न दलका सांसदहरुले १५ वटा संशोधन दर्ता गरेका छन् । प्रमुख प्रतिपक्षी दल एमालेले यो प्रक्रियामा नै भाग नलिने बताएको छ भने मधेसी मोर्चाले संशोधन हालेको छ । मधेसी मोर्चाले सीमांकन…

[ Feb 26, 2017 ] सडकले ल्याएको समृद्धि (फोटो फिचर)

‘ओखलढुंगा रुम्जाटारदेखि ठ्याक्कै, ठ्याक्कै, ठ्याक्कै, पसिना झार्दै तरर, चारदिनको बाटो कटारी बजार...’ दुई दशक अघि सम्म रेडियो नेपालमा बज्ने जेबी टुहुरेको खुब चर्चित गीत थियो यो । त्यतिखेर सडकको परिकल्पना निकै ठूलो सपना जस्तै थियो । तर अहिले ओखलढुंगाको ५० (सबै) गाविस र नगरपालिकामा सडक पुगेका छन् । 

[ Feb 26, 2017 ] बस्न्यात कोरियाको राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक

काठमाडौं  l नेपाली क्रिकेट प्रशिक्षक राजु बस्न्यात दक्षिण कोरियाको राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । कोरीयाले बस्नेतलाई आफ्नो पुरुष र महिला दुबै टोली हेर्ने गरी मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । यससँगै बस्न्यात बिदेशी राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने (टीम गेममा) पहिलो नेपाली प्रशिक्षक बनेका…

[ Feb 26, 2017 ] कलिलैमा बिहे, वर्षैपिच्छे सन्तान

काउले ३ स्थित तार्सेलिङकी सुनकुमारीले १४ वर्षकै उमेरमा सन्तबहादुर चेपाङसँग भागेर बिहे गरिन् । अहिले उनको उमेर २४ पुग्यो । ४ सन्तान जन्माइसकिन् । पछिल्लो सन्तान वर्ष दिन नपुग्दै उनी पुन: गर्भवती भएकी छन् ।  पहिलो…

[ Feb 26, 2017 ] अलपत्र रानीपोखरी पुनर्निर्माण चाँडै सुरुहुन्छ : पुरातत्व विभाग

काठमाडौं  l २०७२ साल वैशाख १२ गते आएको महाभुकम्पले क्षति पु¥याएको रानीपोखरी भित्रको बालगोपालेश्वर मन्दिर निर्माणका लागि राष्ट्रिय भूकम्प सुरक्ष दिवसको अवसर २०७२ साल माघ दुई गते राष्ट्रपति विद्या भण्डारीले उद्घाटन गर्नुभएको थियो । …

[ Feb 26, 2017 ] अप्पर सोलुखोला आयोजनाः चालीस प्रतिशत निर्माण सकियो

सल्लेरी (सोलुखुम्बु) l सोलुखोला जलविद्युत् आयोजनाको ४० प्रतिशत निर्माण कार्य भएको छ । अप्पर सोलुखोला हाइड्रो इलेक्ट्रिक कम्पनीले निर्माण गरिरहेको २३ मेगावाट क्षमताको आयोजना निर्माण ४० प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ ।  ऊर्जा मन्त्रालयले सन्…

[ Feb 26, 2017 ] कांग्रेस र माओवादीकै सांसद्द्वारा प्रदेश नटुक्र्याउन संशोधन प्रस्ताव दर्ता, आठौं प्रदेश बनाउन

काठमाडौं । सरकारले संसद्मा दर्ता गराएको संविधान संशोधन प्रस्ताव संशोधनसहित पारित गर्नुपर्ने भन्दै सांसदहरुले पुरक प्रस्ताव दर्ता गराएका छन् ।  कांग्रेस र माओवादी केन्द्रका सांसदले संयुक्त रुपमा प्रदेशको सीमा अहिले हेरफेर गर्न नहुने भन्दै संशोधन प्रस्ताव दर्ता गराएका…

[ Feb 26, 2017 ] कांग्रेसले सांसदहरुसँग माग्यो धारणा: प्रस्ताव मधेसको हितमा छ कि छैन् ?

काठमाडौं । नेपाली कांग्रेसले संविधान संशोधन प्रस्तावबारे आफ्ना सांसदहरुसँग छलफल गरेको छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरवारमा तराई मधेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुसँग प्रस्ताव मधेशको हितमा भए नभएबारे छलफल गरेको हो । बैठकमा शीर्ष नेताहरुले तराई…

[ Feb 26, 2017 ] सञ्चयकोषको हाइड्राे अवधारणा: तीन सय मेगावाटको प्रस्ताव

काठमाडौं  l कर्मचारी सञ्चयकोषले ५२ अर्ब ५० करोड रुपैयाँ लगानी चाहिने तीन सय मेगावाटको जलविद्युत् आयोजना निर्माण गर्न सकिने आँकडा प्रस्तुत गर्दै ऊर्जा मन्त्रालयसँग उपयुक्त आयोजना उपलब्ध गराइदिन प्रस्ताव गरेको छ । सरकारी र निजी पाँच…

[ Feb 26, 2017 ] बेपत्ताको बाटो कुर्दै आफन्त

कान्छो छोरा जन्मिएको ३ महिना मात्रै भएको थियो । घरमै बसेर छोरालाई दुध चुसाइरहेकी थिएँ । त्यहीबेला जेठो छोरा पसलबाट हतारिँदै आएर भन्यो, आमा ! बुबालाई त माओवादीले अभियानमा जानुपर्छ भन्दै लगे,’ सुनीता बिष्टले संकटकालका बेलाको घटना सम्झिइन् । पसल बन्द गरेर साँचो छोराको हातमा…