Header Ads Widget

Responsive Advertisement

On Air Nepal

रवि लामिछाने रूपन्देही कारागारमा, मुद्दा टुंगो नलागेसम्म थुनामै रहने


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई रूपन्देही जिल्ला अदालतको आदेशमा थुनामा राखिएको छ।  उनीमाथि बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गरिएको छ।  सर्वोच्च अदालतले उच्च अदालतको थुनामा पठाउने आदेशलाई सदर गरेपछि लामिछाने हाल रूपन्देही कारागारमा छन्  ।


लामिछानेविरुद्ध कास्की, चितवन र काठमाडौं जिल्ला अदालतहरूमा पनि सहकारी ठगीसम्बन्धी मुद्दाहरू विचाराधीन छन्।  कास्कीमा उनले ६५ लाख रुपैयाँ धरौटी बुझाएर थुनामुक्त भएका थिए।  तर, रूपन्देहीको मुद्दामा सर्वोच्च अदालतले थुनामा राख्ने आदेश सदर गरेकाले उनी हाल थुनामै छन्। 


अब रूपन्देही जिल्ला अदालतबाट मुद्दाको टुंगो नलागेसम्म लामिछाने थुनामै बस्नुपर्नेछ।  मुद्दा टुंगिन केही महिना लाग्न सक्ने अनुमान गरिएको छ। 

Post a Comment

0 Comments